Chauthoanga - Nepali News Media
त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न ड्रोन क्यामरा प्रयोग

काठमाडौँ- हिजो बिहान पहिरोसँगै बगेर त्रिशूली नदिमा बेपत्ता भएको बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको छ । सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बिहानै देखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र पानी मुनी हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको बताउनुभयो । 

टोलीले त्रिशूली नदिका सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । 

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूली  नदिका खसेको थियो ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको