Chauthoanga - Nepali News Media
प्रधानमन्त्री  प्रचण्ड विश्वासकाे मत लिन असफलः

काठमाण्डाैः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाबाट विश्वासकाे मत लिन असफल हुनुभएकाे छ । विश्वासकाे मत नपाएसँगै उहाँ स्वतः पदमुक्त हुनुभएकाे छ । प्रतिनिधि सभाकाे आजकाे बैठकमा प्रधानमन्त्री प्रचण्डकाे विश्वासकाे मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएकाे हाे । उहाँकाे प्रस्तावकाे पक्षमा जम्मा ६३ मत परेकाे छ । यस्तै १ सय ९४ जना सांसदले विपक्षमा मत दिएका छन् । यस्तै १ जना सांसदले मत दिएनन् । आजकाे बैठकमा २ सय ५८ जना सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ मत लिनु पर्दथ्यो ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० काे उपधारा (२) अनुसार आज ५ औँ पटक विश्वासकाे मत लिनुभएकाे हाे । यसअघि ४ पटक विश्वासकाे मत प्राप्त गर्नुभएका प्रचण्ड यसपटक असफल हुनुभयाे ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको