Chauthoanga - Nepali News Media
प्रचण्डलाई समाजवादीले विश्वासको मत दिने, नयाँ समिकरणलाई सहयोग नगर्ने

काठमाडौं -  (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।आज बसेको संसदीय दलको बैठकबाट विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिएको उक्त पार्टीकी नेत्री एवं राष्ट्रियसभा सदस्य जयन्ती राईले बताउनुभयो । 

एकीकृत समाजवादीबाट सरकारमा दुई मन्त्री सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार (भोलि) बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत पाउने सम्भावना देखिँदैन ।

एकीकृत समाजवादीले अब बन्ने नयाँ गठबन्धनलाई समर्थन नगर्ने निर्णय पनि गरेको छ । “प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको छ । नयाँ बन्ने गठबन्धनलाई सहयोग गर्दैनौँ,” उहाँले भन्नुभयो। नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमति भइसकेको छ । पहिलो चरणमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दुई दलबीच सहमति भएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको