Chauthoanga - Nepali News Media
विद्यार्थीमा वर्गीय दृष्टिकोण जरुरी छ : जिल्ला इन्चार्ज आचार्य

दाङ - नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले विद्यार्थीमा सर्वप्रथम वर्गीय दृष्टिकोण हुनुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निकट  अखिल (क्रान्तिकारी ) दाङको छैठो पुर्ण बैठकलाई आज सम्बोधन गर्दै आचार्यले सो कुरा बताउनुभएको हो। बैठकका प्रमुख अतिथि समेत रहेका इन्चार्ज आचार्यले विद्यार्थीमा वर्गीय दृष्टिकोण भएपछि मात्रै विद्यार्थी संगठन बलियो हुने बताउनु भयो ।

यस्तै उहाँले विद्यार्थीहरुले परम्परागत भन्दा आधुनिक तरिकाले अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुले विभिन्न क्षेत्रको अध्ययन गरि समाजमा सकारात्मक सन्देश दिने खालको काम गर्नुपर्ने बताउनुभयो । देश विकासमा नेपाल भर माओवादी एक डिक्का भएर अगाडि बढिरहेको र अहिले वर्तमान सरकार ढल्नुमा प्रधानमन्त्री प्रचण्डको कुनै दोष नभएको बताउनुभयो । 

अखिल (क्रान्तिकारी ) दाङ जिल्ला संयोजक गिर बहादुर महराको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख  आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।  पालिका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन र २३ ओै राष्ट्रिय सम्मेलनको तयारी लगायतका एजेन्डामा छलफल भएको थियो । 

यस्तै बैठकले आउदो भाद्र ९ गते हुने दाङ जिल्लाको अधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन भएको छ । जस अन्तर्गत गिर बहादुर महरा संयोजक रहेको ४ सदस्यीय आर्थिक उपसमिति गठन भएको छ । त्यस्तै गोविन्द मल्ल संयोजक रहेको ६ सदस्यीय प्रतिनिधि प्रमाणिकरण उपसमिति, हिमाल महरा संयोजक रहेको १० सदस्यीय  व्यवस्थापन उपसमिति, डिभाइड शर्मा संयोजक रहेको स्वयंसेवक उपसमिति र नरेन्द्र केसी संयोजक रहेको निर्वाचन उपसमिति गठन भएको छ । 

यस्तै बैठकमा दाङका सम्पूर्ण पालिका, विभिन्न क्याम्पसहरुको अध्यक्ष तथा संयोजकहरुले समग्र पालिका र क्याम्पसहरुको बारेमा रिपोर्टिङ गरेका थिए । कार्यक्रममा अखिल (क्रान्तिकारी ) लुम्बिनी प्रदेश प्रमुख सचिव राजेन्द्र विष्ट, नेकपा माओवादी केन्द्र दाङ जिल्ला संयोजक हरिमान पुन वरुण घोराही नगर इन्चार्ज तुल्सी डाँगी लगायतले बोल्नु भएको थियो । संगठनका केन्द्रीय सदस्य हिरालाल वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यालय सदस्य गोविन्द मल्लले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको