Chauthoanga - Nepali News Media
वैदेशिक रोजगार विभागको कार्यालय प्रवेशमा कडाइ

काठमाडौँ - वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा प्रवेश कडाइ गरिएको छ । विभागमा अनावश्यक व्यक्तिहरू प्रवेश गर्दै सेवाग्राहीलाई अनेकन् प्रलोभन देखाउने गरेको पाइएपछि विभागले प्रवेशमा कडाइ गरेको बताईएकोछ । 

विभागले आफ्नै कर्मचारीलाई समेत अनिवार्य रूपमा परिचयपत्र लगाउन निर्देशन दिएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले कर्मचारीहरूलाई कार्यालय समयभित्रमा परिचयपत्र अनिवार्य लगाउन निर्देशन दिनुभएको छ । 

विभागले नवीकरण, दर्ता, दाखिला, खारेज, लगायतका कार्यहरूमा परिचयपत्र बाहक कर्मचारी, सञ्चालक तथा कानुनी सल्लाहकारको रूपमा नियुक्त कानुन व्यवसायी बाहेक अन्य व्यक्तिलाई विभागभित्र प्रवेश निषेध गरिएको हो । विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले अनावश्यक व्यक्तिहरू प्रवेश गरेर सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या सिर्जना गरेपछि कडाइ गरिएको जानकारी दिनुभयो  ।

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको