Chauthoanga - Nepali News Media
नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ - नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने बताइएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेबिच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको