Chauthoanga - Nepali News Media
प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको आग्रह

काठमाडौं- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । आज संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो आग्रह गरेको हो । 

सरकार अल्पमतमा परेकाले अविलम्व राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डसँग एमालेले आग्रह गरेको हो । यता प्रधानमन्त्री ‘प्रचण्ड’ ले आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । काँग्रेससँगको सहमतीअनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले प्रधानमन्त्री प्रचण्डलाई तत्काल मार्ग प्रशस्त गर्न भनेको छ ।

प्रधानमन्त्रीले राजीनामा नदिइ विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तिब्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको