Chauthoanga - Nepali News Media
सप्तकोसीमा पानीको बहाव उच्च हुँदा  खोलियो ५६ वटै ढोका

विराटनगर - पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खोलिएको छ  । पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । 

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिसकेण्ड  ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

सप्तकोसी ब्यारेजले प्रतिसेकेण्ड ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिसेकेण्ड ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो । 

पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको