Chauthoanga - Nepali News Media
अविरल बर्षाको कारण दाङको बंगलाचुली गाउँपालिकाको विभिन्न स्थानमा क्षति

कमिरेचौरः केहि दिन देखि लगातार परेको अविरल बर्षासँगै आएको बाढि पहिरोले दाङको बंगलाचुली गाउँपालिकाको विभिन्न स्थानमा ठुलो क्षति गरेको छ । बंगलाचुली गाउँपालिकाको वडा नम्बर ४ को गहतेरामा स्थानिय मानाखोलाले त्यहाँका किसानले लगाएको धान र मकै बालिमा ठुलो क्षति गरेको वडा नम्बर ४ का वडा अध्यक्ष डास बहादुर डाँगीले जानकारी दिनुभयो । स्थानिय पदम डाँगी, गुरु प्रसाद खत्री, ढुण्डिराज डाँगी र खगेश्वर वलीको खेत बगाएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर ३ को विभिन्न ठाउँमा पनि ठुलो क्षति भएको छ । वडा नम्बर ३ को तल्लो कब्जामा स्थानिय पुर्ण बहादुर खत्रीको घरगोठ बगाएको वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । मानविय क्षति भने नभएको वडा अध्यक्ष विश्वकर्माले बताउनुभयो । यस्तै वडा नम्बर ३ कै तरा भन्ने ठाउँका करिब ७/८ घर पहिरोको उच्च जोखिममा परेको समेत उहाँले जानकारी दिनुभएको छ । 

यस्तै वडा नम्बर ५ मा पहिरो खस्दा प्युठान जोड्ने सडकमा परहिरो खस्दा पुर्ण रुपमा अवरुद्ध भएको छ। वडा नम्बर ५ को मुर्कुटी, कुडुँले, साकिने हुदै प्युठानको थकलेनि जाने सडक पुर्ण रुपमा बन्द भएको वडा अध्क्ष लिला बहादुर घर्तिले जानकारीदिनुभयो ।
पहिरो खस्दा बंगलाचुली गाउँपालिकाका विभिन्न स्थानका भित्री सडकहरु अवरुद्ध रहेको खबर प्राप्त भएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको