Chauthoanga - Nepali News Media
बंगलाचुलीमा नेपाल टेलिकमको गुणस्तर हिन सेवा, एफटीटिएच सेवा पूर्णरुपमा ठप्प,सेवाग्राहीलाई हैरानी

कमिरेचौर – दाङको बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमले गुणस्तिर सेवा दिन नसक्दा सेवाग्राहीलाई हैरानी भएको छ । टेलीकम यस विषयमा जानकार हुँदा पनि उसले आफ्नो सेवालाई सुधार गर्न आनाकानी गरेको छ ।

गाउँपालिकाको वडा नम्वर छ टोड्के लेकमा रहेको नेपाल टेलिकमको विटियस टावर पटक-पटक विग्रिँदा यस क्षेत्रका सेवाग्राहीलाई निकै हैरानी व्यहोर्नु परेको छ ।टावरमा प्राप्त मात्रामा व्याट्रिय व्याकप नहुँदा विद्युत जाँदा मोवाईलको नेटवर्क जाने समस्या रहेको वर्षौदेखिको निरन्तर रहेको छ । जुन हाल सम्म सुधार हुन सकेको छैन ।

भने भर्खरै मात्र सुरु भएको एफटीटीएचको ईन्टरनेट तथा ल्याण्डलाईन फोन समेत सोही समस्याका कारण पूर्णरुपमा बन्द हुने गरेको छ । नेपाल टेलिकमको एफटीटिएच सेवा प्रवाहमा झन निकै लाहपर्वाही भएको जन गुनासो छ । एसका ईन्टरनेट र फोन सेवा पटक पटक अवरुद्ध हुने गरेका छन् । 

जसले गर्दा बंगलाचुली गाउँपालिकाको सकारी कार्यालय, यस क्षेत्रका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु, रेडियो बंगलाचुली,अस्पताल जस्ता महत्वपूर्ण कार्यालयहरुमा आवश्यक पर्ने ईन्टरनेट र फोनको माध्यमबाट गर्नुपर्ने अत्यावश्यक कामकाजहरु प्रवावित भएका छन् ।

यस विषयमा नेपाल टेलिकमको कार्यालय तुलसीपुरमा पटक पटक जानकारी गराउँदा समेत सेवामा सुधार हुन सकेको छैन । बंगलाचुली गाउँपालिका क्षेत्रमामा नेपाल टेलीकमले आफ्नो गुणस्तरिय सेवा दिन नसक्दा आफुहरुलाई निकै सास्ति भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको