Chauthoanga - Nepali News Media
विश्व व्हीलचेयर यात्री सन्देश रम्तेलद्वारा बंगलाचुली गाउँपालिका अध्यक्ष पुन सँग भेट

कमिरेचौरः  व्हीलचेयरबाट विश्व यात्रा गरिरहनुभएका इलामका सन्देश रम्तेलले बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन सँग भेट गर्नुभएको छ । यात्राकै क्रममा बंगलाचुली आउनुभएका रम्तेलले आज बंगलाचुली गाउँपालिका अध्यक्ष पुनसँग भेट गर्नुभएको हो । भेटमा उहाँले गाउँपालिका भित्र बन्ने सम्पुर्ण सार्वजनिक स्थान अपांगमैत्रि बनाउन सुझाव दिनुभएको थियो । सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले शारिरिक रुपमा अशक्त रहनुभएका रम्तेलको यो साहसिक यात्राको प्रसंसा गर्नुभयो । अध्यक्ष पुनले उहाँको यात्राबाट आम युवाहरुले पाठ सिक्नुपर्ने बताउनुभयो । बंगलाचुली गाउँपालिकाले उहाँलाई १५ हजार रुपैया सहयोग समेत गरेको छ ।आफुले पाएको सहयोगको ८० प्रतिसत रकम उहाँले डोनेशन गर्ने गरेको बताउनुभयो । शारिरिक रुपमा अशक्त रहनुभएका रम्तेल अहिलेसम्म नेपालको ७७ वटै जिल्लाका ६ सय भन्दा धेरै स्थानिय तहमा पुगेको बताउनुभयो । साथै उहाँले एसियाका ८ वटा र युरोप र अमेरिकाको ५ वटा गरी १३ वटा देशमा समेत यात्रा गरेको बताउनुभयो । रम्तेलले व्हीलचेयरबाटै १७१ वटा देश घुम्ने लक्ष्य रहेको समेत बताउनुभयो । उहाँले अहिलेसम्म नेपालमा आफुजस्तै अशक्त व्यक्तिहरुलाई ३५ सय बढी व्हीलचेयर  सहयोग समेत गर्नुभएको छ । 

जन्मदा समान्य रहेका उहाँ मोटरसाइकल दुर्घटनामा परी यस्तो अवस्था भएको हो । ट्राफिक नियम मिचेर आफुले मोटरसाइकल चलाउदा आज यस्तो अवस्था हुन पुगेको रम्तेलले स्वीकार्नुभएको छ ।

सो अवरमा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकय अधिकृत चन्द्रकान्त पौडेल, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्बर २ का अध्यक्ष मैते पुन वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्ती लगायतको उपस्थित रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको