Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटामा तिन घर पहिरोको जोखिममा

कमिरेचौर- बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटा टोलमा तिनवटा घर पहिरोको जोखिममा परेका छन् । आईतवार रातिको अविर वर्षा पछि घर माथीबाट पहिरो तथा ढुङ्गो खस्दा तिन घर जोखिममा परेको वडा अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।

फाँटा निवासी गिता नेपाली ,ऋखा नेपाली र आईतराम नेपालीको घर पहिरोको जोखिममा रहेको अध्यक्ष डाँगिले जानकारी दिनुभयो । 

अध्यक्ष डाँगीले जोखिम स्थलको अनुगमन समेत गर्नुभएको छ ।  उहाँले घर जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्तान्तरणका लागि सुझाव दिएको र सोहीको तयारी भईरहेको अध्यक्ष डाँगीले जानाकरी दिनुभयो ।  दाङको बंगलाचुली गाउँपालिका पहिरो तथा बाढिको जोखिममा रहेको छ ।   

449510018_523846430068985_6378089076414860071_n-1719900889.jpg
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको