Chauthoanga - Nepali News Media
एमाले काग्रेसको नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । 

उहाँले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताउनुभयो ।

‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’, बैठकपछि परियारले भन्नुभयो । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको