Chauthoanga - Nepali News Media
दाङको बंगलाचुली गाउँपालिकाको स्थानिय पाठ्यक्रम"हाम्रो बंगलाचुली"  बिमोचन

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकाको स्थानिय पाठ्यक्रम बिमोचन गरिएको छ । बंगलाचुली गाउँपालिकाको स्थानीय १ देखि ३ कक्षा सम्मको "हाम्रो बंगलाचुली" पाठ्यक्रम एक कार्यक्रमका बिच बिमोचन गरिएको हो । बंगलाचुली गाउँपलिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ओम प्रकाश केसिको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा आज बिमोचन गरिएको हो । 

बिमोचन कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले बंगलाचुली गाउँपालिकाको स्थानिय पाठ्यक्रम मार्फत विद्यार्थीले गाउँपालिका भित्रका विभिन्न कुराहरुको जानकारी पाउने बताउनुभयो ।उहाँले बार्षिक रुपमा स्थानिय पाठ्यक्रम छपाइको लागि गाउँपालिकाले बजेट छुट्याउने गरेको बताउनुभयो ।  

कार्यक्रममा स्थानिय पाठ्यक्रम निर्माण कर्ता विज्ञहरु डाक्टर शालिकराम पोख्रेल र प्रेम तिवारीले पाठ्यपुस्तक बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन र उपाध्यक्ष भक्त बहादुर जिसिलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रशासन शाखा प्रमुख गोपाल केसि लगायत बंगलाचुली गाउँपालिका भित्र रहेका सामुदायिक तथा निजि विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका शिक्षा शाखाका प्रविधिक सहायक डेमराज पुनले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको