Chauthoanga - Nepali News Media
चट्याङबाट दाङमा दश बर्षीय बालकको मृत्यु

दाङ - दाङमा चट्याङ लागेर दश बर्षीय बालकको मृत्यु भएको छ । आज बेलुका करिब ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेको समयमा नजिकै रहेको भाँडा राख्ने र्याकमा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी सुबास बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।  

चट्याङले लागेर घाइते हुनुभएका बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको