Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाको वार्षिक बजेट ५८ करोड ८०  लाख ५४ हजार 

कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिकाले वार्षिक निति तथा कार्यक्रम र बजेट सार्वजनीक गरेको छ ।गाउँसभामा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले गाउँपालिकाको वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । भने उपाध्यक्ष भक्त बहादुर जिसीले वार्षिक बजेट सार्वजनिक गर्नुभएको थियो ।गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५८ करोड ८० लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । 
जसमा पुँजिगत तर्फ रु. २४ करोड ११ लाख (४१ प्रतिशत) र चालु तर्फ शिक्षा स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा, कार्य सञ्चालन तथा व्यवस्थापन सहित रु. 34 करोड 39 लाख (59 प्रतिशत) त्यसैगारी तलब भत्ता तथा कार्यालय सञ्चालन तथा व्यवस्थापन लगायतका प्रशासनिक खर्च तर्फ रु. 7 करोड 75लाख ( १३ प्रतिशत) खर्च प्रस्ताव गरिएको छ । प्रस्तुत बजेट मध्ये नेपाल सरकारको अनुदानबाट रु. 42 करोड 9 लाख, संघीय राजश्व बाँडफाँडबाट रु. 10 करोड 90 लाख, प्रदेश सरकारको अनुदानबाट रु. 2 करोड 37 लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु. 52 लाख 11 हजार र आन्तरिक राजश्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दातबाट रु. १ करोड 4२ लाख हुने अनुमान गरिएको छ ।   

448422083_1951203311983200_633661507398048339_n-1719144969.jpg

गाउँपालिकाको आफ्नो आम्दानी, संघ तथा प्रदेश सरकारका सबै प्रकारका अनुदान तथा राजश्व बाँडफाँड समेतका आधारमा रु 58 करोड 80 लाख ५४ हजार बराबरको राजश्व तथा व्ययको अनुमान पेश गरेको हो । बंगलाचुली गाउँपालीका अध्यक्ष तुल्सीराम पुन मगरको अध्यक्षतामा बसेको दोस्रो गाउँ सभाको पाँचौ अधिवेशनमा उपाध्यक्ष भक्त बहादुर जिसीले आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नु भएको थियो । 
गाउँपालिकाले परिस्कृत र मर्यादित जिवनयापनका लागि सर्वसुलभ, निशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता भन्ने नारालाई प्राथमिकता दिँदै कुल बजेटको ४५ प्रतिशत बजेट शिक्षा र स्वाथ्यमा छुट्याएको छ । बंगलाचुली बासिको सर्वाङ्गिण विकासका लागि शिक्षा क्षेत्रको भौतिक तथा संस्थागत विकासका लागि संघ, प्रदेश सरकारबाट प्राप्त विभिन्न प्रकारका अनुदान तथा राजश्व बाँडफाँड र आन्तरिक आयसमेतबाट खर्च बेहोर्ने गरी रु. 21 करोड 50 लाख (37 प्रतिशत) र स्वास्थ्य क्षेत्रमा रु. 5 करोड 80 लाख(10 प्रतिशत) गरि जम्मा रु. 27 करोड 30 लाख (४5 प्रतिशत) बजेट विनियोजन गरिएको छ ।  
नागरिकको निशुल्क शिक्षा प्राप्त गर्ने अवसरको सुनिश्चितताको लागि संघीय सरकार समेतको साझेदारीमा विभिन्न सामुदायिक विद्यालयहरुको भवन निर्माण गर्न रु. 3 करोड 60 लाख विनियोजन गरिएको छ ।  स्वास्थ्य क्षेत्रको संमृद्धिका लागि हाँसिपुर स्वास्थ्य चौकी पूर्वाधार निर्माणमा रु. 35 लाख र स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन र कार्यक्रमका लागि रु. 2 करोड २७ लाख विनियोजन गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक संस्थाको संचालन तथा व्यवस्थापनका लागि रु. 4 करोड 05 लाख विनियोजन गरिएको छ । 
यस्तै लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणका माध्यमबाट विपन्न तथा वञ्चितिकरणमा परेका सबै जातजातिका महिला, वालवालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिक, युवा किशोर, किशोरी दलित तथा जनजाति समेतका लागि क्षमता विकास तथा सिप विकास गर्न रु. ४० लाख विनियोजन गरिएको छ । यस्तै शहीद परिवार, घाइते, अपाङ्ग सहयोग कार्यक्रम तथा शहीद, घाइते तथा बेपत्ता परिवार सम्मानका लागि रु. ७ लाख विनियोजन गरिएको छ। वालमैत्री स्थानीय शासन लागु गर्न रु ५ लाख विनियोजन गरिएको छ । 
यस्तै गत विगत देखि स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद अवधारणामा संचालन हुँदै आएको बंगालाचुली कप प्रतियोगितालार्इ निरन्तरता दिदै रु. ५ लाख , युवाहरुका लागि युवा युवतीको क्षमता विकास,  युवा स्वरोजगार कार्यक्रम लघुउद्यम कार्यक्रम समेत संचालन गर्नका लागि रु. ७ लाख ५० हजार रकम विनियोजन गरिएको छ । गाउँपालिकाले कृषि तथा पशुपन्छि विकास र उद्योग वाणिज्य पर्यटन तर्फ रु. 59 लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमलार्इ कृषि प्रणालिसँग आवद्ध गर्न आवश्यक रु. 26 लाख ,कृषि तथा पशुपालनका पकेट क्षेत्र विकास एवं विस्तार, र साना किसान सहयोग कार्यक्रम परिचालन गर्न प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना(सुन्तला पकेट कार्यक्रम) का लागि रु. 12 लाख , संवृद्धिका लागि वन विकास कार्यक्रममा रु. 35 लाख बजेट विनियोजन गरेको छ । 
त्यसैगरी स्थानीय कृषि उद्यमशिलताको विकासका लागि सिप सँगै सहयोगका लागि लघुउद्यम विकास कार्यक्रम तर्फ रु. 12 लाख, युवा रोजगारिका लागि रुपान्तरण पहल परियोजना, प्रधानमन्त्रि रोजगार कार्यक्रमका लागि रु. 72 लाख 59 हजार ,गाउँपालिकाको गौरबको आयोजना एक घर, एक धारा कार्यक्रम तर्फ रु. 70 लाख सँगै विभिन्न खानेपानी आयोजनामा रु. १ करोड ३0 लाख गरि रु. 2 करोड,  झोलुङ्गे पुल तर्फ रु. 10 लाख , चालु सडक, खानेपानी, सिँचार्इ, विद्युतिकरण लगायतका पूर्वाधार संरचनाहरुको निर्माण, मर्मत सम्भार र संचालनका लागि विपद व्यवस्थापन कोषमा रु. १ करोड, मर्मत सम्भारकोषमा रु 54 लाख समेत गरी रु. 1 करोड 54 लाख विनियोजन गरिएको छ ।  
यस्तै गाउँपालिकाको गौरबको आयोजना एक घर, एक धारा कार्यक्रम तर्फ रु. 70 लाख, १५ शैयाको बंगलाचुली अस्पताल लगायत ९ वटा स्वास्थ्य संस्था, ८ वडा कार्यालय, र अन्तर्गतका कार्यालयहरुको संचालन तथा व्यवस्थापन गर्न रु. ७ करोड ७५ लाख बजेट विनियोजन भएको छ । रेडियो बंगलाचुली एफ.एमको लागि रु. २७ लाख, टोल विकास संस्थाहरुको संचालन तथा व्यवस्थापन गर्न रु. ४ लाख, गाउँपालिकामा संचालित भूमि आयोगको कार्य गर्न रु. २६ लाख, विभिन्न आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न रु. १७ लाख, गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहलार्इ डिजिटलाइज्ड गर्न रु. ८ लाख समेत गरि अन्य संस्थागत क्षमता विकास तथा सञ्चालनका लागि जम्मा रु. २ करोड ३ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा बंगलाचुली गाउँपालिका न्यायिक समितिको प्रतिवेदन सम्बन्धी प्रस्ताव सदस्य रमा कुमारी पुनमगर, बंगलाचुली गाउँपालिकाको सार्वजनिक लेखा समितिको प्रतिवेदन सम्बन्धी प्रस्ताव सदस्य लोक वहादुर खत्री, गाउँपालिकाको आर्थिक विधेयक सदस्य झविन्द्र वहादुर गाहा मगरले प्रस्तुत गर्नुभएको थियो । यस्तै विनियोजन विधेयकसदस्य नारायणी गिरी, गाउँपालिकाको कर्मचारीको तलबी प्रतिवेदन सम्बन्धी विधेयक  सदस्य शविराम कामी, न्यायिक समितिमा उजुरीको कारवाही तथा किनारा गर्न अपनाउनु पर्ने कार्यविधि सम्बन्धी विधेयक  सदस्य नारायणी गिरी, गाउँपालिकाको चालु आ.ब. को कार्यपालिकाको निर्णय अनुमोदन सम्बन्धी विधेयक  सदस्य शोभाराज विश्वकर्मा, विधायन समिति गठन सम्बन्धी विधेयक सदस्य लिला वहादुर घर्ती मगर र बंगलाचुली गाउँपालिकको खेलकुद विकास विधेयक सदस्य गणेश विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो ।

 गाउँसभामा सभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो । भने पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख, वडा सचिव लगाएत सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो । गाउँसभाको समापन अवसरमा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनगरले गाउँपालिकाले लिएको लक्ष्य र योजनाहरुलाई जनमैत्री तवरले सम्पन्न गर्नका लागि सबैको सहकार्यमा जोड दिनुभयो । अध्यक्ष पुनमगरले पालिकाले लिएका लक्ष्यलाई सार्थकता दिनका लागि एकआपसमा सहभावको अपरिहार्यता रहेको बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको