Chauthoanga - Nepali News Media
प्रतिष्ठानमा सेवा विस्तारः फार्मेसि र नााम दर्तासहीत विलिङ काउन्टर थप

दाङः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसि र नाम दर्तासहीत विलिङ काउन्टर थप गरेको छ । प्रतिष्ठानमा उपचार गर्न आउने विरामीको संख्या पछिल्लो पटक दिनप्रतिदिन बढ्दै जाँदा नाम लेखाउने, विलिङ गर्ने र औषधि किन्नेमा भिडभाड हुन थालेपछि त्यसलाई ध्यान दिदै काउन्टर थप गरीएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले बताउनु भयो । अस्पतालमा भिडभाड हुँदा सेवा प्रवाहमा असहजता थपिएको विरामीवाट गुनासो आएपछि त्यसलाई सम्वोधन गर्ने प्रयास स्वरुप अहिले नयाँ फार्मेसि भवनमा ६ वटा काउन्टर थप गरीएको प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले बताउनु भयो ।

यसअघि प्रतिष्ठानले ५ वटा काउन्टरवाट औषधि किन्न आउने विरामीहरुलाई सेवा प्रवाह गर्दै आइरहेकोमा त्यसलाई बढाएर लगिएको उहाँले बताउनु भयो । प्रतिष्ठानका फार्मेसि इञ्चार्ज अशोक सुवेदिले नयाँ फार्मेसि भवनमा जनशक्तिसहीत काउन्टर थप भएपछि विरामीको सेवा प्रवाहमा थप सहजता आउने विश्वास ब्यक्त गर्नु भयो । त्यस्तै प्रतिष्ठानमा उपचार गर्न आउने विरामीहरुको नाम दर्ता र विलिङमा थप २ वटा काउन्टर थपिएको  छ । नाम दर्ता र विलिङमा पनि अत्याधि भिडभाड हुँदा सेवा प्रवाहमा थपिएको असहजतालाई सहजतामा पुर्याउन थप २ वटा काउन्टर थप गरीएको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले बताउनु भयो । फार्मेसिसहीत नाम र विलिङमा अस्पताल प्रशासनले काउन्टर थपेपछि उपचार सेवा लिन आएका विरामीले सेवा अव थप प्रभावकारी हुने बताएका छन् । हाल प्रतिष्ठानमा दैनिक ७ सय बढि विरामीले विभिन्न विभागवाट विशेषज्ञ सेवा पाइरहेका छन् । पछिल्लो पटक अस्पतालमा नयाँ–नयाँ विशेषज्ञहरु आएर सेवा दिन थालेपछि प्रतिष्ठानमा विरामीकोे चाप ह्रवात्तै बढेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको