Chauthoanga - Nepali News Media
संरक्षण र प्रचार प्रशारको अभावमा ओझेल पर्यो डोँटे गुफा फोटो फिचर

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकामा रहेको डोँटेमा रहेको डोँटे गुफा संरक्षण र प्रचार प्रशारको अभावमा ओझेलमा परेको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ डोँटेमा रहेको रहेको डोँटे गुफाले धेरैको मन लोभ्याउन सक्छ । तर, भौगोलिक विकटता र प्रचार–प्रसारको अभावमा यो धार्मिक र ऐतिहासिक गुफा ओझेलमा परेको छ । बंगलाचुली गाउँपालिका धार्मिक र पर्यटकीय हिसाबले पनि अति महत्वपूर्ण रहँदा रहँदै पनि डोँटे गुफाको संरक्षण तथा प्रचार प्रसारमा कसैको ध्यान पुग्न सकेको छैन । 

बंगलाचुली-गाउँपालिका-वडा-नम्वर--४-डोहोटे-मा-रहेको-डोहोटे-गुफा-(4)-1718788554.jpg

बंगलाचुली गाउँपालिका भौगोलिक रूपमा विकट छ । तर, प्राकृतिक सुन्दरता र रोमाञ्चक यात्रा गर्न मन पराउँनेहरूका लागि यो पालिका निकै आकर्षक छ ।  जिल्ला सदरमुकाम घोराही देखि झण्डै २४ किलोमिटर अर्थात बंगलाचुली गाउँपालिका वडा नम्बर ४ स्थित डोँटे टोलको उत्तरपूर्वतर्फ यो डोटे गुफा रहेको छ ।

बंगलाचुली-गाउँपालिका-वडा-नम्वर--४-डोहोटे-मा-रहेको-डोहोटे-गुफा-(12)-1718788589.jpg
 

यस गुफा भित्र आकर्षक कृतिम आकृतीहरु देख्न पाईन्छ । साथै गुफाभित्र सहासिक यात्रा गर्न मनपराउने पर्यटकहरुलाई मनलोभ्याउन सक्ने सम्भावना रहेको छ । 

WhatsApp-Image-2024-06-19-at-09.15.33-1718788636.jpeg
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको