Chauthoanga - Nepali News Media
बंगलाचुलीका युवाहरुद्वारा प्रेसर विरामी वलीलाई ३ लाख बढी आर्थिक सहयोग

दाङ- प्रेसरका कारण विरामी पर्नुभएका दाङ बंगलाचुली गाउँपालिका वडा नम्वर ५ साकिने निवासी होताराम वलीलाई आर्थिक सहयोग गरिएको छ । वलीको उपचारका लागि बंगलाचुली स्थानीय घर भै हाल दक्षिण कोरियामा रहेका युवाहरुले ३ लाख ३८ हजार ६ सय ८१ रुपैया नेपाली सहयोग गरेका हुन् । उक्त रकम कोरिया बसि फर्केर आउनुभएका बंगलाचुली गाउँपालिका वडा नम्बर ६ का अर्जुन केसीले बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमर र उपाध्यक्ष भक्त बहादुर जिसीको रोहबरमा विरामी होताराम वलीलाई हस्तान्तरण गर्नुभएको छ ।

रोजगारीका लागि कोरीया पुगेका दाङको बंगलाचुलीका तकमान घर्ति २ लाख कोरियन वोन ,इमान सिंह घर्ति २ लाख कोरियन वोन, झग्गु ओलि २ लाख कोरियन वोन, अर्जुन खत्री २ लाख कोरियन वोन, जगत घर्ति २ लाख कोरियन वोन, पुर्ण ओलि १ लाख कोरियन वोन, झमन सिंह बुढा २ लाख कोरियन वोन, प्रकाश घर्ति २ लाख कोरियन वोन, मिन मगर २ लाख कोरियन वोन, गिर बहादुर बुढा १ लाख ११ हजार १ सय ११ कोरियन वोन,गणेश ओलि १ लाख कोरियन वोन, हर्क बुढा(प्रकाश) १ लाख ५५ हजार कोरियन वोन, खगेश्वर ओलि १ लाख कोरियन वोन, खिमान थापा ५० हजार कोरियन वोन, ठाकुर डांगी ५० हजार कोरियन वोन,तारा पुन मगर ५१ हजार कोरियन वोन, भेष राज बुढा मगर ५० हजार कोरियन वोन सहयोग गर्नुभएको छ ।

त्यसैगरी एक राज पुन १ लाख कोरियन वोन, कुवेर पुन मगर ५० हजार कोरियन वोन, निराजन महरा ५० हजार कोरियन वोन, शुरेश ओलि ५० हजार कोरियन वोन, भानुभक्त ओलि ५० हजार कोरियन वोन, हेम कुमार ओलि ५० हजार कोरियन वोन,चुमान सिंह बुढा ,५० हजार कोरियन वोन, तुल बहादुर पुन ५० हजार कोरियन वोन, मधु ओलि ५० हजार ५ सय ५५ कोरियन वोन, खुम ठेडि मगर ५० हजार कोरियन वोन, किरण वली क्षेत्री ५१ हजार कोरियन वोन,बोम अधिकारी माण्डवि प्युठान ५२ हजार कोरियन वोन, अर्जुन ओलि घोराहि , दाङ ५१ हजार कोरियन वोन, थमन सिंह बुढा मगर घोराहि १ लाख कोरियन वोन, लंक बुढा मगर घोराही ५ हजार १ सय नेपाली, गोपाल पुन घोराही ५० हजार कोरियन वोन, खिमान पुन माण्डवि, प्युठान ५० हजार कोरियन वोन, राजन थापा घोराही ३० हजार कोरियन वोन, आनन्द घिसिङ मिक्लाजुंग पाँचथर ५१ हजार कोरियन वोन, गजेन्द्र दाहाल गाइघाट उदयपुर ५० हजार कोरियन वोन अर्थात नेपाली ३ लाख ३८ हजार ६ सय ८१ रुपैया सहयोग गरेका छन् ।

दाङको बंगलाचुली गाउँपालिका, तथा अन्यत्र स्थानबाट रोजगारिका लागि दक्षिण कोरिया पुगेका सहयोगी मनभएका युवाहरुले पिडित होताराम वलीको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरेर रकम संकलन गरिएको केसीले बताउनुभयो। पिडित वली उच्च रक्तचाप (प्रेसर) को कारण शरीरको आधा भाग न लाग्ने भएको थियो । उहाँको अहिले चितवन मेडिकल कलेजमा उपचार चलिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको