Chauthoanga - Nepali News Media
दाङको तुलसीपुरमा अवस्थित मेट्रो कलेज एकहजार आमालाई कानून सिकाउँदै

दाङ- दाङको तुलसीपुर मेट्रो कलेज कानुन संकायले एकहजार आमाहरुलाई कानूनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियान अन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिका भित्रका सबै वडाका आमाहरुका लागि यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो  । 

उहाँले आमाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका कानूनी कुराहरु सिकाइने पनि बताउनुभयो । ‘महिलाले आफ्नो अधिकारका बारेमा नजान्दा घरेलु हिंसाको सामना गरिरहनुपरेको छ त्यसैलाई रोक्नका लागि यस्तो अभियान सञ्चालन गरिएको हो’ कलेज प्रमुख आचार्यले बताउनुभयो   । कानूनी साक्षरता अन्तर्गत न्यायिक समितिमा निरुपण हुने मुद्दा, महिला हिँसाका साथै महिला अधिकारका बारेमा संवैधानिक व्यवस्था सम्बन्धि विषयमा तालिम दिइएको अधिवक्ता विजय पोख्रेलले जानकारी दिनुभयो । उहाँले महिलाका विभिन्न कानूनी समस्याका बारेमा पनि छलफल गरिने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका महिलाहरुका लागि कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । ‘महिलाहरुलाई आफ्नो अधिकारका बारेमा समेत थाहा नहुँदा उनीहरु पछाडि परिरहेका छन् ‘ उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । उहाँले कानूनी अज्ञानता क्षम्य नहुने भएकाले सबैले कानूनका बारेमा जानकारी लिनुपर्ने बताउनुभयो ।  
         
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको