Chauthoanga - Nepali News Media
संघिय सरकारबाट बंगलालचुली गाउँपालिकाको लागि ७ करोड बढिको बजेट शुनिश्चत

कमिरेचौर -आर्थिक वर्ष २०८१/०८२ का लागि बंगलाचुली गाउँपालिकाको विभिन्न योजनाका लागि संघीय सरकारबाट ७ करोड बढीको बजेट शुनिश्चित गरिएको छ । नेपाल सरकारको विभिन्न संघिय मन्त्रालय तथा विभाग द्वारा बंगलाचुली गाउँपालिकाको विभिन्न क्षेत्रमा भौतिक विकासका लागि ७ करोड ९ लाख ३६ हजारको बजेट तोकिएको हो । 

जसअनुसार बंगलाचुली गाउँपालिकाकामा पार्क निर्माणका लागि १ करोड ५३ लाख, बंगलाचुली गाउँपालिका वडा नम्वर ५ कोमुर्कुटी–कुडुले–साकिने सडक कालोपत्रेका लागि सहरी विकास मन्त्रालय बाट एक करोड   , बंगलाचुली गाउँपालिकामा पहिरो नियन्त्रण कार्यक्रमका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम     बाट १५ लाख   , घोराही -कमिरेचौर- मुर्कुटी –प्युठानसडकको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि बङ्गलाचुली गाउँपालिकाको कमिरेचौरसम्मको सडक कालोपत्रेका लागि  भौतिक योजना तथा पूर्वाधार बाट एक करोड ६२ लाख, धारापानीघाट झोलुङ्गेपुल, सुकाखोला ट्रस पुल निर्माणका लागि सहरी विकास मन्त्रालय बाट १० लाख    ,राप्ती गाउँपालिका वडा नम्वर एकको सिसहनिया देखि करङ्गे पुन खोलाहुँदै बंगलाचुली जोड्ने सडक निर्माणका लागि सहरी विकास मन्त्रालयबाट एक करोड    बजेटको शुनिश्चित गरिएको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिकामा खानेपानी आयोजनाका लागि खानेपानी तथा सरसफाई मन्त्रालयबाट एक करोड,खानेपानी सहलगानी अन्तर्गत खानेपानी तथा सरसफाई मन्त्रालय बाट ५० लाख ,बंगलाचुली गाउँपालिकामा खानेपानी आयोजनाका लागि (जलवायु) तर्फबाट     ६ लाख ३६ हजार, बंगलाचुली गाउँपालिका वडा नम्वर ६ कोचिसापानी –खमारी- लिफ्ट सिंचाईका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय बाट ५० लाख    र बंगलाचुली गाउँपलिका वडा नम्वर ५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय भवन निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २५ लाख बजेट शुनिश्चित गरिएको छ । 

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको विशेष पहलमा विभिन्न योजनामा बजेट शुनिश्चित गरिएको हो । अध्यक्ष पुनले नेपाल सरकारका अर्थमन्त्रालय र सो माहतहतका विभिन्न विकासले मन्त्रालय र विभागहरुमा बजेटका लागि लविङ गर्नुभएको थियो । बजेट सुनिश्चितका लागि नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री रेखा शर्मा,उहाँको सचिवालय र अर्थमन्त्री वर्षमान पुन तथा उहाँको सचिवालयले अहम भूमिका निभएको थियो । 

यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुलीको विकासका लागि आफुलागि पर्ने बताउनुभयो । अध्यक्ष पुनले बंगलाचुलीको सर्वाङ्गिण विकासका लागि सरकारका माथिल्ला नियकामा सहकार्य,समन्वय गर्दै अघिबढेको र सोही अनुरुप विभिन्न क्षेत्रबाट साथहयोग मिलेको बताउनु भयो । 
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको