Chauthoanga - Nepali News Media
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई जिल्लामा बिहीवारसम्मै अत्यधिक गर्मी हुने

काठमाण्डाै – पश्चिमका तराईका जिल्लाहरु दाङ,बाँके,वर्दिया,रुपन्देही,कैलाली,कञ्चनपुर  क्षेत्रमा आउँदो बिहीवारसम्मै अत्यधिक गर्मी र तातो हावा चल्ने भएको छ । लुम्बिनीको रुपन्देहीदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको तराई क्षेत्रमा झन्डै तीन हप्ताादेखि तातो हावाको लहर चलिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर पश्चिम तराईका यि जिल्लाहरुमा आउँदो बिहीवारसम्म अत्यधिक गर्मीको चेतावनी दिएको हो ।

पश्चिम तराईका धेरै ठाउँको तापक्रम पछिल्ला केही दिनदेखि ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको