Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९७ करोड को बजेट

दाङ- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सारकारले कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छ । प्रदेश सरकारका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त बजेट संसदमा प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ । 

अर्थमन्त्री आचार्यले आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान गर्नुभएको छ ।

संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् 
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको