Chauthoanga - Nepali News Media
देशका सातवटै प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाण्डौ – आज देशका सातवटै प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैअनुसारलुम्बिनी, कर्णाली ,कोशी, मधेश, बाग्मती, गण्डकी, र सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन् ।

प्रदेश सरकारको बजेटमा पनि कृषि, पर्यटन, शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधार मुख्य प्राथमिकतामा पर्ने देखिन्छ । कोशीमा नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतबाट पारित भैसकेको छ । प्रदेशको योजना आयोगले यसअघि आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सरकारलाई ३५ अर्ब १७ करोड ३४ लाखको बजेट सिलिङ तोकेको थियो ।

लुम्बिनी प्रदेश सरकारले पनि आज बजेट ल्याउँदैछ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको