Chauthoanga - Nepali News Media
दाङ जिल्ला अदालतका न्यायाधिसहरु द्वारा बंगलाचुली गाउँपालिकाका न्यायिक समितिको अनुगमन

कमिरेचौर- दाङ जिल्ला अदालतका जिल्ला न्यायाधिश तेजनारायण पौडेलले स्थानिय सरकार संचालन ऐनले न्यायिक समितिलाई दिएको अधिकारको पूर्णरुपमा प्रयोग गर्न सुझाव दिनुभएको छ । उहाँले जनताको नजिकको अदालत भनेको स्थानिय न्यायिक समिति रहेको बताउँदै सो ऐनले दिएका अधिकारलाई असल नियतका साथ पूर्णरुपमा उपयोग गर्दै मुद्दाको किनारा लगाउन सकेमा जनतालाई न्यायको आभाष दिलाउन सकिने बताउनुभयो । 

आज बंगलालचुली गाउँपालिकाको न्यायिक समितिको अनुगमनका क्रममा आयोजित भेटघाट कार्यक्रममा न्यायाधिस तेजनारायण पौडेलले यस्तो कुरा राख्नुभएको हो । उहाँले बंगलाचुली गाउँपालिकामा न्याय निरुपणका लागि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । न्यायाधिस पौडेल सहितको टोलिले बंगलाचुली गाउँपालिकाको न्यायिक समितिमा परेको मुद्दाको अवस्था,ईजालस कक्ष लगाएतको अनुगमन गरेको छ ।

सो अवसरमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भक्त बहादुर जिसीले बंगलाचुली गाउँपालिकाको न्याय निरुपरणका लागि भएका सहजता असहजताका विषयमा न्यायाधिस पौडेले राख्नुभएको विभिन्न जिज्ञासाको जवाफ दिनुभएको थियो । भने न्यायाधिस पौडेलले विभिन्न सल्लाह सुझाव समेत दिनुभएको थियो । 

सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी,जिल्ला न्याधिस ताराकुमारी शर्मा, बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगी ,दाङ जिल्ला अदालतका श्रेष्तेदार  दामोदर घिमिरे,तहसिलदार अमृत पौडेल,नावय शुव्बा पदम कार्की , न्यायिक समितिका सदस्य रमा कुमारी पुन, बंगलाचुली गाउँपालिकाका कानुनि सल्लाहकार अधिवक्ता किरण पौडेल लगाएतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको