Chauthoanga - Nepali News Media
बंगलाचुली गापाको चौथो बजेट अधिवेशनको तयारी व्यापक,बजेट निर्माण र तर्जुमाका लागि  राय सुझावहरु पठाउन जनतालाई आह्वान

कमिरेचौर -दाङको बंगलाचुली गाउँपालिकाले पालिकाको चौथो बजेट अधिवेशनको तयारी व्यापक बनाएको छ । अहिले गाउँपालिकाको प्रत्येकवडाहरुमा योजना छनौटका लागि टोल-टोलमा टोल भेला बसिरहेका छन् ।

सम्बन्धित वडाका जतप्रतिनिधिहरु जनताका योजनाहरु टिपोटको काममा व्यस्त भएका छन् ।टोलस्तरबाट छनौट भएका योजनाहरु वडा हुँदै गाउँपालिकामा सिफारिस हुनेछ । सिफारिस भएका योजनाहरुलाई गाउँ कार्यपालिकाको बैठकले अन्तिम टुङ्गोलगाई योजना छनौट हुने छन् र बजेट विनियोजन हुने छ । 

सोको लागि गाउँपालिकाले विभिन्न स्तरमा तयारी व्यापक बनाएको गाउँपालिकाका प्रवक्त शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।यसैविच बंगलाचुली गाउँपालिकाले गाउँसभाका लागि बजेट निर्माण र तर्जुमाका लागि खुल्लारुपमा राय सुझावहरु कार्यालयमा पठाउन समेत गाउँपालिकावासीलाई आह्वान गरेको छ । 

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जनपक्षिय योजना निर्माणका लागि जनतालाई सहजहुने जुनसुकै माध्यम चिठीपत्र, सामाजिक सञ्जाल, ईमेलमार्फत गाउँपालिकामा रायसुझावहरु पेस गर्न आह्वान गर्नुभएको छ । अध्यक्ष पुनले २०८१ साल असार दुई गते सम्म गाउँपालिकामा रायसुझाव पेश गर्न सर्वसाधरणहरुलाई आह्वान गर्नुभएको छ ।  

जसका लागि बंगलाचुली गाउँपालिकाको मेल ठेगाना [email protected] वा [email protected] र बंगलाचुली गाउँपालिकाको आधिकारीक मिडियामा बंगलाचुली गाउँपालिका मार्फत पालिकालाई आफ्नो रायसुझाव पेस गर्न माध्यम तोकिएको छ । 

WhatsApp-Image-2024-06-14-at-17.36.25_59ab474c-1718367852.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको