Chauthoanga - Nepali News Media
दङ्गाली मोडेलहरुको अभिनय रहेको "डढेलोले बन खायो" बोलको गीत सार्वजनिक

घोराहीः दङ्गाली गायक तथा सर्जक भविराम घर्ती मगरको  शब्द रहेको र महेन्द्र भण्डारी र सञ्जिता मगरको स्वर रहेको  ‘ डढेलोले बन खयो ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो  ‘शायुषा इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा लय महेन्द्र भण्डारी रहेको छ । मुकेश नेपालीको निर्देशनमा तयार गरिएको भिडियोमा दङ्गाली मोडलहरु माधव खत्री, सुरक्षा मगर र शाखिरा मगरको अभिनय रहेको छ ।

दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको मोडेल सुरक्षा मगरले बताउनुभयो । उहाँले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेकोसमेत बताउनुभयो । भ्युज पनि राम्रो गईरहेको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे उहाँले भन्नुभयो ‘रेस्पोन्स पनि सबैले राम्रो दिनुभएको छ । करण चैसिरले छायाँकन गर्नुभएको भिडियोमा सम्पादन अमृत चापागाईको रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको