Chauthoanga - Nepali News Media
नदीमा डुबेर एक जनाको मृत्यु

दाङ - दाङको राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । डुवेर राप्ती गाउँपालिका-२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

सितगंगा नगरपालिका वडा नम्बर ८ को बडिदमार भन्ने स्थानमा राप्ती नदीमा शनिबार बेलुका ४ः३० बजेको समयमा जालहानी माछा मार्ने क्रममा एक्कासी नदीमा डुबेर बेपत्ता भएको र खोजतलासको क्रममा करिब ५० मिटर पर नदिले बगाएर किनारमा फालेको मृतकका भिनाजु रामबहादुर घर्ती मगरले बताएका छन् ।

मृतक पुनको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको