Chauthoanga - Nepali News Media
युवा समाजसेवी सुशील परियारको पहलमा शैक्षिक सामाग्री हस्तान्तरण

कमिरेचौरः युवा समाजसेवी सुशील परियारको पहलमा बंगलाचुली गाउँपालिकाको एक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । युवा समाजसेवि सुशील परियार सहित पद्मोदय पब्लिक नमुना मावि घोराही दाङका एसएलसि २०६१ ब्याजका विद्यार्थीको समुहले दाङको बंगलाचुली गाउँपालिकाको विकट क्षेत्रमा रहेको एक विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गरेका छन । बंगलाचुली गाउँपालिका वडा नम्बर ६ अमारेमा रहेको एसोर्य प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।बंगलाचुली गाउँपालिका वडा नम्बर ६ बचनि निवासी शुसिल परियारको पहलमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएको कारण विकट क्षेत्रका कोहि पनि विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुन नपरोस भन्ने मुख्य उद्येश्यले सामाग्रि हस्तान्तरण गरिएको परियारले जानकारी दिनुभयो ।

उक्त समुहले २२ वटा स्कुल ब्याग, २२ दर्जन पेन्सिल, २२ दर्जन कटर, २२ दर्जन र कक्षा १ देखि कक्षा ५ सम्म उत्कृष्ट हुने विद्यार्थीलाई कपि हस्तान्तरण गरेको हो । एसोर्य प्राथमिक विद्यालय अमारेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल घर्तीको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सामाग्रि हस्तान्तरण गरिएको हो ।पद्मोदय पब्लिक नमुना मावि घोराही दाङका एसएलसि २०६१ ब्याजका विद्यार्थीहरु फत्ते परियार, विक्रम शमसेर महरा, शिवराज पोख्रेल, पुर्ण रोका, इन्द्र जिएम, अशोक चौधरी, राजेश चौधरी, नविन कुमार चौधरी, शन्तोष थापा शुसिल परियार, अशोक घर्ति मगर, पुर्ण पुन मगर, लालमणी सुवेदी र हेमराज अधिकारीको टोलिले उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको हो । कार्यक्रमको सहजिकरण विद्यालयका कार्यवाहक प्रधानाध्यापक सोमन्ता रावतले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको