Chauthoanga - Nepali News Media
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकासको केन्द्रिय सदस्यमा जोशी मनोनीत

दाङ । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी  केन्द्रिय सदस्यमा मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम  उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको सदस्य दाङ बाट अध्यक्ष  जोशीलाई  मनोनीत गर्नुभएको हो  ।

काँग्रेसको  केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) प्रमुख रहेको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको सदस्यमा जोशीलाई मनोनीत गरेको शुक्रबार कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेखित छ । सभापति देउवाले विभागको सदस्यमा जोशी सहित दश जनालाई मनोनयन गरेका छन् । जस्मा खगेन्द्र आचार्य (काठमाडौं), विस्वामित्र रिजाल (सर्लाही), अशोककुमार साह (सिराहा)लाई मनोनयन गरिएको छ ।

मुकेश गुप्ता (रौतहट), रवि सापकोटा (नवलपुर), रामकृष्ण ढुङ्गेल (रामेछाप), विपिन राई (संखुवासभा), उपेन्द्र जोशी (कैलाली) र लक्ष्मी कार्की (सुर्खेत) पनि सदस्यमा मनोनयन हुनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको