Chauthoanga - Nepali News Media
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

दाङः दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँएर दुई जनाको मृत्यु भएको छ । साे दुर्घटनामा  मोटरसाइकल चालक बबई गाउँपालिका–४ का३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसीकाे मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । उहाँका अनुसार तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते हुनुभएको छ  । उहाँको नेपालगञ्जमा उपचार भइरहेको छ  ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको