Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा  जेठ २२ गतेदेखि  पोलियो रोग विरुद्धको आइ पि भी खोप अभियान सुरु हुने

कमिरेचौरः दाङको बंगलाचुलीमा यहि जेठ २२ गतेदेखि २६ गतेसम्म आइ पि भी खोफ अभियान सुरु हुने भएको छ । खोप अभियानलाई सफल पार्नको लागि आज शिक्षक र खोप कार्यकर्ता सँग अभिमुखिकरण कार्यक्रम गरिएको छ । बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं बंगलाचुली अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको अध्यक्षतामा साविक काभ्रे गाविस भित्रको अभिमुखिकरण कार्यक्रम बंगलाचुली अस्पताल कमिरेचौरमा सम्पन्न भएको हो ।

जेठ १३ गतेदेखि आजसम्म दाङको तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिकामा खोप अभियान सञ्चालन भएको थियो ।बंगलाचुली सहित घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा यहि २२ गतेदेखि खोप सञ्चालन हुदैछ । ४ वटा विद्यालय र बंगलाचुली अस्पताल सहित अभियानको लागि ५ वटा खोप केन्द्र निर्धारण गरिएको छ । र  जस अन्तर्गत २२ गते प्राथमिक विद्यालय फाँटा, २३ गते आधारभुत विद्यालय दाङबाङ, २४ गते महेन्द्र मावि श्रीवारी, २५ गते महेन्द्र आधारभुत विद्यालय तापा र बंगलाचुली अस्पताल कमिरेचौरमा खोप लगाइने बंगलाचुली अस्पतालका इन्चार्ज सुवास चन्द सेर्पाइलिले जानकारी दिनुभयो । पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका खोपबाट वञ्चित भएकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताइएको छ । अन्य समयमा खोप लगाउन छुटेका पनि लगाउन सक्नेछन् । दाङमा ३७ हजार सात सय ५५ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाइने
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता एवं बंगलाचुली अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले खोप अभियान सफल पार्नको लागि स्वास्थ्यकर्मी र शिक्षकको भुमिका महत्वपुर्ण रहेको बताउदै खोप अभियान सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा बंगलाचुली अस्पतालका मेडिकल अधिकृत डाक्टर प्रकाश वली र डाक्टर पशुपति पोख्रेल लगायत विभिन्न विद्यालयका शिक्षक र स्वास्थ्य संस्थाका खोप कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको