Chauthoanga - Nepali News Media
संसदको गतिरोध अन्त्यका लागि दलहरु सहमत

काठमाडौँ- संसदको गतिरोध अन्त्यका लागि दलहरु सहमत भएका छन् ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको हो । 

नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले सोमबार दलबिच संसदीय समिति गठन गर्ने विषयमा भएको निष्कर्ष उन्मुख सहमतिलाई अनुमोदन गरेको छ । सदनमा भएका प्रमुख दलबिच समिति गठन गर्ने, समितिमा रहने सदस्यको सङ्ख्या, कार्यादेश के हुने र छानबिन गर्ने अवधिबारे समेत सहमति भएको कांग्रेस प्रमुख रमेश लेखकले जानकारी दिनुभयो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लाछिमानेकोसमेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरी संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको