Chauthoanga - Nepali News Media
समाजका विकृति राेक्न टाेल टाेलमा सचेतना जगाउन जरुरि छ : अध्यक्ष बुढाथोकी

राजपुर - दाङकाे राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले समाजमा बिद्यमान विकृति राेक्न विद्यार्थीहरुले टाेल टाेलमा सचेतना जगाउन  जरुरि रहेकाे वताउनु भएकाे छ  । 
 वालश्रम, वालविवाह न्युनिकरण अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै उहाले यस्ताे वताउनु भएको हाे । वालविवाह र वालश्रम राेक्न नसक्दा सम्म समाज परिवर्तन संगै विकासले गति नलिने उहाको भनाइ छ । 
अध्यक्ष बुढाथोकीले भन्नुभयाे "जब सम्म हरेक नागरिक शिक्षित हुदैन तव सम्म हामिले चाहेकाे जस्ताे विकास र परिवर्तन सम्भव हुदैन् ।" 
राजपुर गाउँपालिकाले शिक्षामा ठुलाे लगानि गरेकाे वताउदै वालवालिकाहरु लाई निशुल्क शिक्षाकाे ब्यवस्था गरेकाे वताउनु भयाे। 
राज्यले  निशुल्क शिक्षा ग्यारेन्टी गरेकाे हुदा राजपुर गाउँपालिकाले याे ब्यवस्था लागू गरेकाे अध्यक्ष बुढाथोकीले वताउनु भयाे। 
त्यस्तै राजपुरगाउँपालिका उपाध्यक्ष धनपति यादवले वालविवाह जब सम्म राेक्न सकिँदैन तब सम्म आर्थिक , सामाजिक परिवर्तन सम्भव नभएको वताउनु भयाे। 
उपाध्यक्ष यादवले पालिकाका वालवालिकाे सवालमा सधैं सचेत हुँदै वालमैत्रि कार्यक्रम सञ्चालन गर्दै आईरहेकाे वताउनु भयाे । 
आज देखि सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिकाका विभिन्न ८ विद्यालचकचयमा वालश्रम, वालविवाह न्युनिकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ । 
राजगुरगाउपालिकाका अध्यक्ष शरद विसिकाे अध्यक्षता तथा उपाध्यक्ष धनपति यादवकाे प्रमुखआतिथ्यतामा कार्यकभठक्रमकाे उद्घाटन गरिएकाे कार्यक्रम सञ्चालन दुर्गाप्रसाद यादवले गर्नुभएकाे थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको