Chauthoanga - Nepali News Media
एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु


काठमाण्डाैः  चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ ।

आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद  परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका  लागि  राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो ।

नेपालबाट एसियन खेलमा  २३  वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने  स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले बन्द प्रशिक्षण आजदेखि थाल्ने भएको हो ।  


 

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको