Chauthoanga - Nepali News Media
बंगलाचुलीमा जनप्रतिनिधिहरुको लागि सकारात्मक सोच तथा क्षमता विकास सम्बन्धी  तालिम सुरु

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकाका जनप्रतिनिधिहरुको लागि सकारात्मक सोच तथा क्षमता विकास सम्बन्धी २ दिने तालिम आजबाट सुरु भएको छ । स्वर्गद्वारी डिजाइन एसोसियट्स प्रालिको आयोजना तथा बंगलाचुली गाउँपालिकाको आर्थिक सहयोगमा तालिमको सुरु भएको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा तालिमको आज उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले तालिमले गाउँपालिकाका जनप्रतिनिधिको व्यक्तित्व तथा क्षमता विकास हुने बताउनुभयो । क्षमता विकास तालिमले जनता संग काम गर्न अझमद्दत पुग्ने बताउनु भयो ।  अध्यक्ष पुनले हरेक व्यक्तिमा सकारात्मक सोचको विकास भएमा मात्र समाज परिवर्तन गर्न सकिने बताउनुभयो । उहाले गत बर्ष गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुलाई दिइएको र यो बर्ष जनप्रतिनिधिहरुलाई दिने योजना सहित तालिमको सञ्चालन गरिएको जानकारी दिनुभयो । 

यस्तै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले तालिम गाउँपालिकाको जनप्रतिनिधिहरुको लागि महत्वपुर्ण रहेको बताउनुभयो । साथै उहाँले यो तालिमले जनप्रतिनिधिहरुमा काम  गर्ने उत्साह थपिने समेत बताउनुभयो । 

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका ८ वटै वडाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, प्रशासन शाखा प्रमुख गोपाल केसि बंगलाचुली गाउँपालिकाका ८ वटै वडाका वडा सदस्यहरु तथा गाउँ कार्यकार्यपालिका सदस्यहरु र स्वर्गद्वारी डिजाइन एसोसियट्स प्रालिका प्रबन्धक शुसिला घर्ति लगायतको सहभागिता रहेको थियो ।  तालिमको प्रशिक्षकमा अधिवक्ता यादव खनाल र पारस भण्डारी रहनुभएको थियो ।अधिवक्ता खनालले कानुन सम्बन्धि जानकारी दिनुभएको थियो ।

बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाघन कार्यक्रमको सहजिकरण पत्रकार मधुसुदन भण्डारीले गर्नुभएको थियो । तालिम भोलिसम्म चल्नेछ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको