Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ -  नेपालमा रहेको स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले लुम्बिनी प्रदेशको दाङ सहित कोशी, बागमती प्रदेशमा वर्षा भईरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ  ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

भोलि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको