Chauthoanga - Nepali News Media
गुरुकुलका विद्यार्थिलाई प्रयोगात्मक अभ्यास : चोक- चोकमा विभिन्न ब्यापार

घोराहि -दाङको घोराहि उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थिहरुले प्रयोगात्मक रुपमा घोराहि बजारको बिभिन्न चोक चोकमा छुट्टा छुट्टै ब्यबसाय गरेका छन । सैदान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले बिद्यार्थिहरुलाई ब्यबसायमा खटाएको हो ।

गुरुकुल एकेडेमी घोराहिका बिद्यार्थि बिभिन्न चोकमा ब्यापार गर्न ब्यस्त थिए । कुनै चोकमा पानिपुरी ,कुनैमा मकै ,कुनैमा खरबुजा , कुनैमा लस्सीको ब्यापार गरेको देख्न सकिन्थ्यो । कसैले ग्राहक बोलाउन ब्यस्त थिए त कसैले हिसाव गरीरहेका थिए । त्यो कुनै बास्तविक ब्यबसाय नभएर घोराहिमा रहेको गुरुकुल एकेडेमिले पढाई संगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको ब्यबसाय थियो ।

२०७२ सालबाट संचालनमा आएको गुरुकुल एकेडेमिले सुरुवाति बाट नै आफ्नो बिद्यार्थिहरुलाई यस्ता अतिरीक्त क्रियाकलापमा सहभागि गराउदै आएको छ । शिक्षामा पढाईले मात्र बास्तविक जिवनमा भोगिने कुराहरुलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यस्ता काम गरी ब्यबहारमा उतार्ने उद्धेश्यका साथ बजारका बिभिन्न ७ वटा चोकमा बिभिन्न ब्यबसाय गरीएको बिद्यार्थिहरुले बताएका छन । कक्षा ११ ब्यबस्थापन संकायमा अध्यनरत बिद्यार्थिहरु यो कृयाकलापमा सहभागि भएका थिए ।

442713403_2201236953563776_8619592432117590599_n-1716561677.jpg
 

बिद्यार्थिले आफ्नै लगानिमा यो ब्यबसाय संचालन गरेका हुन । जसबाट फाइदा आएको रकम कुनै सामाजिक कार्यमा लगाउने कक्षा ११मा अध्ययणरत छात्रा बिनिता थापाले बताइन ।  गुरुकुल एकेडेमिका बिद्यार्थिहरुले उत्पादन गरेका बिभिन्न प्रकारका खानेकुराहरु ग्राहकहरुले पनि उतिकै मन पराएका छन । बिद्यार्थिहरुले बनाएको खाने कुरा खादै ग्राहक नेव बहादुर केसिले बिद्यार्थिहरुको कामको प्रशंसा समेत गरेका थिए ।

गुरुकुल एकेडेमिमा अध्यनरत बिद्यार्थिहरुको यो कृयाकलाप प्रति अभिभावकहरु पनि निकै उत्साहित हुदै आगामि दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिनुपर्ने अभिभावक किरण रेग्मिले बताउनुभयो । बिद्यार्थिको यो ब्यबसाय गर्ने कला र उनिहरुको काम प्रति बिद्यालय पनि निकै खुसि भएको छ । शिक्षा संगै ब्यबहारीक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफुहरु सफल भएको र जुन उद्धेश्य लिएर काम गरीएको थियो त्यो पुरा भएको बिद्यालयका शिक्षक तथा प्लस टु विज्ञान संयोजक अवय शाहले बताउनु भयो ।

पढाई पछि भबिष्यमा सबै बिद्यार्थिहरु केहि न केहि पेशामा लाग्ने भएको हुदा र कुनै बिद्यार्थिहरु ब्यापारमा पनि लाग्ने भएको हुदा ब्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानि कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रतक्ष्य रुपमा जानकारी मिलोस भनेर आज यो ब्यबसायको प्रयोगात्मक शिक्षा दिइएको बिद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताउनुभयो ।

सैदान्तिक शिक्षा संगै ब्यबहारीक शिक्षाको आबश्यकता रहेको भन्दै आगामि दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिने उँहाको भनाई छ । विद्यार्थिहरुले पनि यो कार्यबाट निकै अनुभव बटुलेका छन । विद्यालयका शिक्षकहरु विबेक देबकोटा , भुगोल कवर मगर , अजय शाह , राजन अधिकारी लगायत बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसि लगायतको निगरानिमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको