Chauthoanga - Nepali News Media
समसामयिक राजनीतिक विषयमा छलफल गर्न  प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौँ- समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलहरुको बैठक सुरुभएको छ । प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु बालुवाटारमा सुरु भएको छ ।     


 बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जानकरी दिएको छ ।    
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको