Chauthoanga - Nepali News Media
बंगलाचुली कपलाई लक्षित गर्दै खेल मैदानको अवलोकन

कमिरेचौरः  यहि जेठ १४ गतेदेखि सुरु हुने बंगलाचुली कपलाई लक्षित गर्दै खेल मैदानको अवलोकन गरिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को जुम्लेपानीमा रहेको क्रिकेट मैदानको आज बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगी, बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, लेखा अधिकृत नारायण प्रसाद आचार्य र बंगलाचुली गाउँपालिकाका इन्जिनियर विकेस न्यौपाने लगायतको टोलिले आज अवलोकन गरेको हो ।

अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष पुनले फिल्डको स्तर उन्नतिको लागि बजेटको व्यवस्था गरिने बताउनुभएको थियो । त्यस्तै मैदानलाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार विकास गरी बंगलाचुलीमा खेल क्षेत्रको विकास गरिने उहाँले बताउनुभएको हो ।साथै मैदानमा तत्काल गर्नुपर्ने स्तर उन्नतिको लागि बजेट व्यवस्था गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको