Chauthoanga - Nepali News Media
कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ -कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । आज उहाँलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुग्नुभएको थियो ।

पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताउनुभएको थियो। 

‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो,’ विज्ञप्तिमा सिरोहियाले भन्नुभएको छ ।  

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको