Chauthoanga - Nepali News Media
दाङमा एकैपटक ठोक्किए चार सवारीसाधन ,३ जना घाइते

दाङः दाङमा एकैपटक चार सवारी एकै पटक ठोक्किदा तिनजना घाइते भएका छन् । हिजो साँझ जिल्लाकाे घोराही-लमही सडकखण्डको मसोट नजिकै बसले २ वटा मोटरसाइकललाई एकैपटक ठक्कर दिएपछि अर्को बसको पछाडिपट्टी पनि क्षति पुगेको छ ।साे दुर्घटनामा परी तीन जना घाईते भएको दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा बा ८९ प २४८६ नं.को मोटरसाइकल चालक लमही नगरपालिका-४ निवासी ३४ वर्षका पुनिराम चौधरी, सोही मोटरसाइकलमा पछाडि सवार २६ वर्षका प्रवेश कुमार चौधरी र रा ५ प ९७६१ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ निवासी २१ वर्षका पंकज चौधरी घाईते हुनुभएको छ ।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको डीएसपी मल्लले जानकारी दिनुभयो । ठक्कर दिने बस चालक फरार रहेका छन् । घोराहीबाट लमहीतर्फ जादै गरेका मोटरसाईकललाई पछिपछि गइरहेको ना ४ ख ५५३५ नं.को बसले ठक्कर दिँदा दुबै मोटरसाईकल अगाडी रोकिएको रा १ ख १९१८ नं. को बसमा ठोकिन पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको