पौडीखेल्ने क्रममा डुवेर एक वालकको मृत्यु
दाङ- दाङमा नदिमा पौडीखेल्ने क्रममा डुवेर एक वालकको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका-६ कुलमोहर स्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका-५ आदर्श टोल निवासी १३ बर्षिया विवेक भण्डारीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
प्रहरीका अनुसार साथीहरू मिलेर नुहाउन गएका भण्डारी अर्जुन खोलामा डुबेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पानीमा डुबेका भण्डारीको शब निकालेको हो ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १०:५७
प्रतिक्रिया दिनुहोस्