Chauthoanga - Nepali News Media
आरोपकै आधारमा कोही दोषी  हुँदैन:महासचिव पोख्रेल

दाङ - नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले आरोपकै आधारमा कोही दोषी ठहर नहुने बताउनुभएको छ ।

प्रेस चौतारी दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले संसदमा बोल्न पाउने अधिकारलाई कसैले कुण्ठित गर्न नहुने बताउनुभयो ।

महासचिव पोख्रेलले सहकारीमा देखिएका समस्याहरूको समाधान गर्दै बचतकर्ताहरूको बचत सुरक्षित गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।  महासचिव पोख्रेलले पुरानाे टरिगाँउ धावनमार्ग विस्तारका लागि प्राविधिक रिपोर्ट सकारात्मक आएकाले आर्थिक वर्ष २०८१/८२ काे बजेट सुनिश्चित हुने विश्वास रहेको बताउनुभयो । 

उहाँले  सरकार सत्तासाझेदार दलहरूबीच न्यूनतम साझा कार्यक्रमका आधारमा अघि बढ्ने बताउनुभयो । पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले  आर्थिक अवस्थामा सुधारका सङ्केत देखा परेकाे बताउँदै लगानीको वातावरण सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको