Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ- लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पाँचौं बैठक आज बस्न लागेको हो ।

दिउँसो १ बजेबाट सुरु हुने  बैठकमा सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने तयारी छ ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले विधेयक टेवुल गर्ने, प्रदेशसभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

 विधेयकमा ९ वटा खण्ड रहेका छन् । लुम्बिनीमा प्रदेश यसअघि निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐनको रुपमा जारी भइसकेको छ ।


 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको