Chauthoanga - Nepali News Media
राजनीतिक दलमा लागेका शिक्षकमाथि कारबाही विवरण  पेस गर्न निर्देशन

काठमाडौँ - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दलको सदस्य रहेका शिक्षक-कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको कार्यसमितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि रहेका शिक्षक-कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ १५ दिनभित्र विवरण पेस गर्न भनेको हो ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षकहरू छन्, त्यसको हालसम्म भएको प्रगतिको समेत विवरण माग गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही ७ वैशाखमा केन्द्रलाई पत्राचार गर्दै दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायमा निर्देशन दिएको थियो । त्यसपछि २८ वैशाखमा उक्त निर्णय कार्यान्वयन गर्न भन्दै केन्द्रले देशभरका इकाइ तथा स्थानीय तहहरूलाई पत्राचार गरेको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको