Chauthoanga - Nepali News Media
सरकारले घटायाे डिजेल मट्टीतेल मुल्य

काठमाडौँ - सरकारले  डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  भने हवाई इन्धनको मूल्य बढाएको छ । मंगलबार आज बसेकाे नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले वृद्धि गरेको हो ।

नयाँ मूल्य सूची बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र एल. पि. ग्यासको बिक्री मूल्य यावत रहेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएको थियो ।

FB_IMG_1714492956727-1714493692.jpg
 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको