कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव गैरेलाई सेवाबाट हटाउने सरकारको निर्णय
काठमाडौँ- नेपाल सरकार मन्त्री परिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।
उहाँलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (छ) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
क.स.नं. १५३३०६० भएको गैरेले बिदा स्वीकृत नगराई २०८० वैशाख २ गतेदेखि अनुपस्थित थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ ११:५८
प्रतिक्रिया दिनुहोस्