Chauthoanga - Nepali News Media
नेपाली काग्रेस बंगलाचुली द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन

दाङ : नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाले आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ। बंगलाचुली ३ कमिरेचौरमा एक कार्यक्रमको आयोजना गरी पार्टीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका पुर्ब जिल्ला सभापति मोहनलाल वलीले जनप्रतिनिधिहरु नागरिकको समस्याको समाधान गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले नागरिकको सेवाको लागि निर्वाचित भएकाले नागरिकको समस्याका बारेमा बुझेर अगाडि बढ्न समेत आग्रह आग्रह गर्नुभयो । पार्टी र जनप्रतिनिधिहरुबीच सुमधुर सम्बन्ध हुनुपर्ने उहाँको भनाइ रहेको थियो । यसका लागि पार्टी र जनप्रतिनिधिहरु समन्वय गरेर अगाडि बढ्नसमेत आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका लुम्बिनि प्रदेश सदस्य पुर्ण बहादुर मल्लले नेपाली कांग्रेसमा नैतिकता र इमानदारीता हराउँदै गएको र यस्ता कार्यले  पार्टीलाई नै समस्या पर्ने उहाँको भनाइ छ । निर्वाचनमा हार–जित स्वाभाविक भएको भन्दै जनप्रतिनिधिहरु नमुनाको रुपमा काम गर्नतर्फ लाग्न आग्रह गर्नुभयो ।  

नेपाली काग्रेस बंगलाचुली गाउँपालिका सभापती जागेस्वर अधिकारिले स्थानीय तहको निर्वाचनमा सोचेअनुसार नतिजा ल्याउन नसकेको बताउनुभयो । उहाँले पार्टीलाई बलियो बनाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष भक्तबहादुर जिसी, बंगलाचुली वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्ष मैते पुन, बंगलाचुली वडा नं. ४ का नवनिर्वाचित वडा अध्यक्ष डाँस बहादुर डांगी, बंगलाचुली वडा नं. ६ का नवनिर्वाचित वडा अध्यक्ष डोम बहादुर केसी , कार्यपालिका सदस्य सुमा घर्ति,बंगलाचुली वडा नं. ५ का नवनिर्वाचित वडा सदस्य यमलाल बुढा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका का सभापति जागेस्वर अधिकारीको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङ जिल्लाका पुर्ब अध्यक्ष मोहनलाल वलिको प्रमुख अथितिमा कार्यक्रम भएको थियो । बंगलाचुली गाउँपालिकाको उपसभापति इन्द्रमणि वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव चेत प्रसाद डाँगीले गर्नुभएको थियो ।

यसैबीच नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा सहयोग गर्ने मतदाता, नेता कार्यकर्ता, निर्वाचन कार्यालय, नागरिक समाज, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, अधिकारकर्मीलगायत सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको