Chauthoanga - Nepali News Media
ज्वालामुखीका कारण  विस्फोट हुँदा इन्डोनेसियामा ११ हजारभन्दा बढी मानिस विस्थापित

इन्डोनेसिया)- इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । माउन्ट रुआङमा मङ्गलबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो ।

इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पुर्‍याएको छ, जुन मापनमा सबैभन्दा उच्च सात सय मिटर अग्लो छ ।

एजेन्सीले क्रेटर वरपरको बहिष्करण क्षेत्रको आकार चारदेखि छ किलोमिटरसम्म विस्तार गरेको छ । सुरुमा रुआङका आठ सयभन्दा बढी बासिन्दाहरूलाई टागुलान्डाङ टापुमा सारिएको थियो ।

अधिकारीहरूले बढ्दो बहिष्करण क्षेत्रका कारण थप मानिसहरूलाई बाहिर निकाल्न र मनाडोमा ल्याउनुपर्ने बताएका छन् । 

“जोखिम क्षेत्रका कम्तीमा ११ हजार छ सय १५ बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नुपर्छ’’, विपद् एजेन्सीको विपद् डाटा, सञ्चार र सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीलाई कोम्पास अखबारले उद्धृत गरेको अल जजिराले जनाएको छ ।

अधिकारीहरू सन् १८७१ मा भएको विस्फोटमा जस्तै, ज्वालामुखीको एक भाग समुद्रमा खसेको हुन सक्ने र सुनामी निम्त्याउन सक्ने कुरामा चिन्तित छन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको